बंगलादेशमाथि नेपालको रोमाञ्चक जित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बंगलादेशमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई पराजित गर्दै जित निकालेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् । बंगलादेशका लागि भने तोहुरा खातुनले एक गोल फर्काईन् ।

पुजा रानाको क्रसमा सबिताले खेलको १४ औं मिनेटमा हेडमार्फत गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन ।

यसैगरि खेलको २३ औं मिनेटमा सरु लिम्बुको पासमा प्रितीले बक्स बाहिरबाट गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काएपनि नेपालले २–१ को जित निकाल्न सफल भएको थियो ।

प्रिती राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन् । दोस्रो मैत्रीपूर्ण खेल भने आइतबार हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

सम्बन्धित खवर