देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यू - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यू

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ हजार ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट १ हजार ६ सय ८९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ आरटी पिसिआर र ३ हजार ९ सय ७१ एन्टिजेन गरी कुल १५ हजार १ सय ७९ जनाको परीक्षण गर्दा १ हजार ५ सय ११ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

हाल देशभर २५ हजार ७ सय ७२ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २४ हजार २ सय २२ जना होम आइसोलेसनमा, १ हजार ५ सय ५० संस्थागत आइसोलेसनमा र २ सय २० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय ७ जना र भेन्टिलेटरमा १ सय २८ जना उपचाररत छन् ।

सम्बन्धित खवर