देशभर थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि, १० को मृत्यु - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि, १० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर गरिएको ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो समय १ हजार ३ सय ५१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४६ हजार ५ सय ६६ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

देशभर हाल २५ हजार ४ सय ९७ जना आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर