देशभर थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ३ सय ३० जनामा कोरोना भाइरस संक्रमण् पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको भएको छ । याससँगै हालसम्म कोरेनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ९ हजार ६ सय २६ आरटी पिसिआर र ३ हजार ९ सय ९६ एन्टिजेन गरी कुल १३ हजार ६ सय २२ जनामा परीक्षण गरिएकोमा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार ५ सय २४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २० हजार १ सय ६४ जना होम आइसोलेसनमा, १ हजार ३ सय ६० संस्थागत आइसोलेसनमा र २ सय ५० जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३५ जना र भेन्टिलेटरमा १ सय ७ जना उपचाररत छन् ।

मन्त्रालयकाअनुसार मंगलबार देशभरबाट १ हजार ८ सय ३० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

सम्बन्धित खवर