देशभर थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ४ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले छ । यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

बुधबार देशभरबाट १ हजार ६ सय ३० जना कोरोना संक्रमणमुक्त भएर फर्किएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ५५ हजार ६ सय ३० पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ६७ आरटी पिसिआर र २ हजार ८ सय ६३ एन्टिजेन गरी कुल १३ हजार ९ सय ३० जनामा परीक्षण गरिएकोमा १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार १ सय ३९ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १९ हजार ८ सय ५ जना होम आइसोलेसनमा, १ हजार ३ सय ३४ संस्थागत आइसोलेसनमा र २ सय ४३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३४ जना र भेन्टिलेटरमा १ सय १९ जना उपचाररत छन् ।

सम्बन्धित खवर