फाल्गुनन्द साकोसको अध्यक्षमा पुन: लिङ्देन निर्वाचित - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फाल्गुनन्द साकोसको अध्यक्षमा पुन: लिङ्देन निर्वाचित

May be an image of 10 people and people standing

दमक । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थ लि. को अध्यक्षमा पुन: संकल्प लिङ्देन (पदम) निर्वाचित भएका छन ।

दमकको कास्मिक पार्टी प्यालेसमा बिहीबार सम्पन्न १० औ साधारण सभा पछि नया नेतृत्वको लागि अध्यक्ष र सचिव पदका लागि चुनाव भएको हो । साकोसको अन्य पदमा भने निर्विरोध निर्वाचित भएका छन ।

आगामी ४ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न भएको चुनावबाट लिङ्देनले कुल खसेको मत मध्ये ६१८ मत प्राप्त गर्दै पुन: तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएको हो ।

अध्क्षका अर्का प्रत्यासी महेन्द्र चाम्लिले भने २८३ मत प्राप्त गर्दै पराजित भएका छन ।

त्यस्तै सचिवमा देशराज नेम्बाङ निर्वाचित भएका छन । नेम्बाङ्ले सचिवका प्रत्यासी जीतबहादुर पन्धाक (जीतेन) लाई पराजित गर्दै सचिवमा निर्वाचित भएको हो । नेम्बाङले जम्मा ६०२ मत प्राप्त गर्दा उनका प्रत्यासी पन्धाकले २९१ मत प्राप्त गरेका हुन ।

उपाध्यक्षमा फुलकुमारी नेम्बाङ र दिलिप जबेगु निर्वाचित भएका छन । कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा) र सदस्यहरुमा कमला सुब्बा, गुमानसिङ सम्बाङ्फे, मन कुमारी पन्धाक, खडक राई निर्वाचित भएका छन ।

लेखा समितिको संयोजकमा लिलाराज तुम्बापो, सदस्यहरुमा शक्तिकुमार साम्बा र बीरबहादुर लावतीलाई निर्वाचित गरेको छ ।

कुल ९७२ मत खसेको मध्ये ६२ मत बदर भएको थियो । जस मध्ये २ मत निर्वाचन मन्डलीको हस्ताक्षर नभएको मतपत्र भेटिएको छ ।

 

सम्बन्धित खवर