देशभर थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । देशभर १५ हजार ६ सय ९० परीक्षणका क्रममा थप १ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरि नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ५ सय ५० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यस सँगै नेपालमा अहिलेसम्म ७ लाख ५८ हजार ५ सय ४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

यस्तै सोही अवधिमा थप ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८१ पुगेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर