देशभर थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण नेपालमा थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकोे छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ५ सय ८९ जनाको पीसीआर र पाँच हजार १ सय ४७ जनाको एन्टिजेन गरी १३ हजार ७ सय ३६ जनामा गरिएको परीक्षणका क्रममा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

 

सम्बन्धित खवर