माङसेबुङ । किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय कार्य समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम पितृ शोकमा परेका छन् ।
बिहिबार ललितपुर स्थित पाटन अस्पतालमा संघका अध्यक्ष थेगिमको पिता असारसिं थेगिमको ८८ बर्षको उमेरमा सघन उपचारको क्रममा निधन भएको हो ।
फाक्फोकथुम गाउँपालिका इलाम निवासी वयोबृद्ध थेगिमलाई असोज ९ गते रातीदेखि ललितपुर स्थित पाटन अस्पतालमा भर्ना गराई उपचाररत थिए ।
स्वास्थ्य रिपोर्ट अनुसार कोरोना पोजेटिभको नतिजा देखिएकोले पशुपति विद्युतीय सवदाह गृहमा बिहिबार नै उनको अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।
मृतक थेगिमलाई स्वास्थ्य सुरक्षा अपनाई सामाजिक भौतिक दूरी कायम गर्दै, शुभेच्छुक संघ संस्थाका प्रतिनिधि, किरात धर्मावलम्बी महानुभावहरुले अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।