साफ च्याम्पियनसिप : आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिप : आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले आज बलियो टिम श्रलिंकासँग प्रतिस्पर्धा गर्दैछ ।

आज राति ९ः४५ बजे मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्ने भएको हो ।

नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकका लागि खेल्ने बताएका छन् ।

तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन । नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए ।

 

सम्बन्धित खवर