देशभर थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ८ जनाको मृत्यु भएको छ ।

देशभर चार हजार ७ सय १२ जनाको नमूना परीक्षण गर्दा देशभर २ सय ७२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ७ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ७९ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा १२ हजार २ सय ५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३ सय ७ जना आईसीयू तथा १ सय १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर