बाढीपरिहो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो, अझै ३७ जना बेपत्ता - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाढीपरिहो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुग्यो, अझै ३७ जना बेपत्ता

माङसेबुङ । देशको सबै प्रदेशमा छुनेगरी केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म १ सय ११ जनाको मृत्यु भएको हो भने ३७ जना अझै बेपत्ता रहेका छन् ।

बाढीपहिरोमा सबैभन्दा बढी प्रदेश १ प्रभावित भएको छ भने सबैभन्दा धेरै ६५ को मृत्यु भएको छ त्यसैगरी अन्य प्रदेशहरु बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

त्यसैगरी प्रहरीका अनुसार ४२ जना घाइते भएका छन् उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बताएको छ ।

बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ । बेपत्ताको खोजी कार्य तिब्र पारिएको जनाएको छ ।

बाढीको कारण हाल दुई हजार २ सय ३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिरहँदा कुल १ सय ८६ वटा पशु चौपाय मरेको पनि प्रहरीले जनाइएको छ ।

हालसम्ममा एक हजार १ सय ८८ घर परिवार विस्थापित भएका छन् । त्यसैगरी बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्दार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । धनमाल के कति क्षति भयो त्यसको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

 

 

सम्बन्धित खवर