किरातजन्य संस्थाबीच किरातीहरुको सभ्यताको रक्षार्थ सहमति - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरातजन्य संस्थाबीच किरातीहरुको सभ्यताको रक्षार्थ सहमति

काठमाडौं । किरात धार्मिक संस्था र किरात मोर्चासँग बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरी किरातीहरुको सभ्यताको रक्षार्थ एकता भई अघि बढ्ने भनि सहमति गरिएको छ ।

किरात धार्मिक सर्वोच्च संस्थाद्धय किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति, किरात धर्म तथा साहित्य उत्थान संघ र मगरात संघर्ष समिति तथा किरात मोर्चाका प्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

प्राचिन किरातीहरुको धार्मिक तथा सांस्कृतिक पक्षहरुको एकतामा जोड दिने विषयमा बृहत छलफल तथा अन्तरक्रिया गरिएको किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष तथा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।

विहिबार आयोजित कार्यक्रममा किरात सभ्यताको जगमा उभेर प्राचिन किरातीहरुको धार्मिक तथा सांस्कृतिक पक्षहरुलाई पुनः एकिकृत गराउँदै सम्पूर्ण किरात समुदायहरुको एकतामा जोड दिने निर्णय गरिएको मगरात संघर्ष समिति तथा किरात मोर्चाका अध्यक्ष राम मगरले बताए ।

ललितपुरको सातदोबाटो टुटेपानीमा अवस्थित मोर्चाको केन्द्रीय कार्यालयमा मोर्चाका प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी सो निर्णय गरिएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष तथा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका सह अध्यक्ष डकेन्द्रसिंह थेगिमको भनाई छ ।

सो अन्तरक्रिया कार्यक्रममा मगरात संघर्ष समिति तथा किरात मोर्चाका अध्यक्ष राम मगर, मोर्चाका सदस्य क्याप्टेन जर्गा मगर, भरत राना मगर, मण्डल राई लगायत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सो अन्तरक्रिया कार्यक्रममा किरात धर्म लेखौं राष्ट्रिय अभियान महासमितिका अध्यक्ष केहेरसिं योङहाङ, सह अध्यक्ष डकेन्द्रसिंह थेगिम, अभियान महासमितिका सचिव तथा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, महासमितिका कोषाध्यक्ष तथा किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष प्रकाश सावदेन, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका उपाध्यक्ष योगेश लाओती लगायत उपस्थित रहनु भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ मा किरात धर्म सम्बन्धि देश व्यापी जनजागरण अभियान सञ्चालन गर्न, गराउन र विभिन्न समुदायसँग धर्मको महलमा किरात धर्म लेखौ अभियान विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने क्रममा अभियान टोलीले ललितपुरमा मगरात संघर्ष समिति तथा किरात मोर्चासँग पनि कार्यक्रम आयोजना गरिएको महासमितिले जनाएको छ ।

सम्बन्धित खवर