माङसेबुङ न्युज । पापोहाङ थोबो सङजुम्भो नेपालको चौथो केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।
१ नं. प्रदेशका सांसद आशारत्न चबेगुको प्रमुख आतिथ्यतामा शनिबार लिम्बुवान पान्थर थुम फेदेनस्थित सुम्हालुङ परिसरमा पापोहाङ थोबो सङजुम्भो नेपालको चौथो केन्द्रीय महाधिवेशन सम्पन्न भएको हो ।
थाम्लासो पापोहाङ्का सन्तान (तुम्बापो, तुम्रोक, सेर्मा, लाओती, आङ्देम्बे, इङवा, कुगेनाम्बा) ७ पगरी पापोहाङ् थरको छाता संस्था पापोहाङ थोबो सङजुम्भो नेपालको चौथो केन्द्रीय महाधिवेशनले विजयबोध लाओतीको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षद्धय जिवि याक्थुङबा, भावना इङवा महासचिव सरोज कुगेनाम्बा, सचिव गजेन्द्र तुम्बापो, कोषाध्यक्ष भद्रकला तुम्रोक चयन हुनु भएको छ भने सदस्यहरुमा अम्बिका आङदेम्बे, प्रकाश तुम्रोक, लछामी सेर्मा पापो, शिवकला लाओती, सीमा तुम्बापो, लोकेन्द्र तुम्रोक, सन्देश इङवा, विश्व तुम्बापो, बुद्ध इङवा, कल्पना सेर्मा, इन्द्र नारायण आङदेम्बे, बबित्रा कुगेनाम्बा चयन भएको निर्वाचन समिति सदस्य ठाकुर सिं नेम्बाङले बताए ।
प्रमुख अतिथि जवेगुले उद्घाटन गर्दै मुलुकमा रहेका सबै बर्ग र समुदायको संरक्षण र संवद्र्धन गर्नु राज्यको दायित्व भित्र पर्ने र सबै भाषा धर्म संस्कृतिको संरक्षण गर्नका लागि आफू कटिबद्ध रहेको र त्यसका लागि प्रदेश सरकार समक्ष पहल गर्ने बताएकि छन् ।
कार्यक्रममा ७ वटै थरबाट १÷१ जना अग्रज व्यक्तित्वहरुलाई सम्मान गरेको आयोजकले जनाएको छ ।
महाधिवेशन पापोहाङ थोबो सङजुम्भो नेपालका कार्यवाहक अध्यक्ष विजयबोध लाओतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।