मन्त्री खापुङद्वारा गृह जिल्लाका ६ वटै स्थानीय तहमा अनुगमन - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्री खापुङद्वारा गृह जिल्लाका ६ वटै स्थानीय तहमा अनुगमन

तेह्रथुम । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले तेरथुम जिल्लाबासीको स्वास्थ्य अबस्थाको बारेमा चासो भएकोले स्वास्थ्य संस्थाको सुधारका लागि पहल गर्ने बताए ।

स्वास्थ्य राज्य मन्त्री भए पछि पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका मन्त्री खापुङ्ले जिल्ला भ्रमणको समापन पछि सञ्चारकर्मीहरुसंगको कुराकानीमा जिल्लाको स्वास्थ्य संस्थाको सुधारका लागि पहल गर्ने बताएका हुन् ।

उनले जिल्लाका ६ वटै स्थानीय तहमा आयोजित भेटघाट कार्यक्रममा नागरिकहरुले राखेको मागहरुको सुचि तयार गरि क्रमशः पूरा गर्दै जाने समेत प्रतिबद्धता जनाए ।

जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव भएको भन्ने जानकारी पाएकोले कर्मचारी व्यवस्थापनका लागि आफू लागि पर्ने बताए ।

यसैगरि मन्त्री खापुङले सोमबार विहान पाँचथर अस्पतालको समेत अनुगमन गरेका थिए । उनले गत असोज २० गते राति अस्पतलमा भएको तोडफोडको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा क्षतिको विवरणवारे जानकारी समेत लिएका थिए ।

पान्थर जिल्लाको फालेलुङ गाउँपालिका ८ घर भई फेदेन नगरपालिका २ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिना थाम्सुहाङको उपचारका क्रममा गत असोज २० गते बिहान अस्पतालमा निधन भएपश्चात स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको संरचनामा क्षति पुगेको थियो ।

अस्पतालमा रहेका कुर्सी टेबल सहितका सामग्री, अस्पतालको आकस्मिक कक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका थिए ।

यस्तै विभिन्न स्थानीय तहमा एम्बुलेन्सहरु सहित भिडियो एक्सरे लगायतका सामग्रीहरु समेत माग भएकोले मन्त्रालय पुग्ने वितिकै यसबारे छलफल गरि व्यवस्थापन गरिने बताए ।

स्वास्थ्य राज्य मन्त्री भए पछि पहिलो पटक जिल्ला आई पुगेका भएका मन्त्री खापुङलाई जिल्ला बासीहरुले विभिन्न स्थानमा नौमति बाजा र च्याब्रुङ (केलाङ) सहित भब्य स्वागत गरेका थिए ।

सात दिने जिल्ला भ्रमण पछि राज्य मन्त्री भवानी खापुङ् पान्थरको फेदेन ,इलाम हुँदै दमकको केही हस्पिटलको अनुगम गरेर काठमाडौं फर्किनु भएको मन्त्री खापुङका प्रेस सल्लाहकार भगिश्वर लिम्बूले बताए ।

सम्बन्धित खवर