लिम्बुवान स्टडी सेन्टर को अध्यक्षमा पुनः कुरुम्बाङ निर्वाचित - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान स्टडी सेन्टर को अध्यक्षमा पुनः कुरुम्बाङ निर्वाचित

पाँचथर । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को अध्यक्षमा पुनः दिलेन्द्र कुरुम्बाङ् निर्वाचित भएका छन् ।

शुक्रबार फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलाले अध्यक्षमा पुनः कुरुम्बाङ्लाई निर्वाचित गरेको हो ।

नवगठित समितिमा अध्यक्ष कुरुम्बाङसँगै उपाध्यक्ष श्याम नयन तुम्बापो, सचिव बिरेन्द्र थोक्लिहाङ, सहसचिव सबिन नेम्बाङ, कोषाध्यक्ष सुनिता केरुङ र सदस्यहरू शंकर आत्मा, मनकुमार तुम्रोक, सुबास नुनाम केरुङ, कमल हाङ्सरुम्बा रहेका छन् ।

कार्यक्रममा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु, सागर केरुङ र लक्ष्मण लावतीले शुभकामना दिएका थिए ।

विगत ४ बर्षयता सेन्टरले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । लिम्बुवानका विभिन्न पक्षहरुमाथी कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको निवर्तमान सचिव मधुराज केरुङ्ले बताए ।

 

 

सम्बन्धित खवर