देउसी खेलेर मृगौला पिडित एलिना लिम्बुलाई आर्थिक सहयोग प्रदान - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउसी खेलेर मृगौला पिडित एलिना लिम्बुलाई आर्थिक सहयोग प्रदान

  • कबिन तुम्बापो

धनकुटा । मिम्जिफुङ प्रेजेण्ट मिडियाको आयोजनामा २०७८ सालको दिपावलीमा देउसी भैलो खेलेर जुटाएको नगद ४५ हजार रुपैयाँ चौविसे गाउँपालिका सम्मेवा निवासी मृगौला पिडित एलिना लिम्बूलाई मिडियाको टिमले सुक्रबार हस्तान्तरण गरेका छन ।

धनकुटाको चौविसे गाउँपालिका डाडाँबजार, राजारानी, लोकफादेन, गिद्धे, थाप्रोङ, हाङ्फाबुङ, आइतबारे र मोरङको जेफाले, प्रतिभा लेचाङगो लगायत स्थानहरुमा देउसी भैलो खेलेर जम्मा जुटाएको रकम ९५ हजार ६ सय ५१ रुपैया संकलन गरिएको थियो ।

जस्मा खर्च १० हजार १ सय ५१ रुपैया टिशर्ट लन्च तथा अभियान खर्च कटाएर बचेको रकम मध्ये ४० हजार ५ सय रुपैयाँ मिडियाको कोष निर्माण गर्न चौविसेसमाज कल्याण कृषि सहकारी संस्था लि. बचतमा राख्ने निर्णय भएको राजेश किरातीले बताए ।

बिरामिलाई सहयोग रकम प्रदान गर्ने क्रममा एलिना बचाउ सहयोग समितीका संयोजक भिम कार्की, सचिव हृदय थेगिम, सदस्य टेकबिर युङ्साहाङ, सदस्य दिपेन्द्र खजुम, सदस्य भिमा लिम्बु, सदस्य शान्ती चेम्जोङ, मिडियाका राजेश किराँती, श्रीमान खजुम, सर्गम खजुम, कबिन लिम्बू, र सहभागी आराम थेगिम, कृष्ण खजुम,कमला तुम्बापो, दिलकुमार लिम्बु लगायतको उपस्थितिमा चौविसे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर खजुमको हातबाट उनको निवासमा बिरामीको अभिभाबकहरुको साथमा बिरामिलाई सहयोग प्रदान गरिएको हो ।

मृगौला पिडित एलिना लिम्बू विगत ७ बर्ष देखि यता एस एल इ नामक रोग, सेतो रगतको कमि हुने नयाँ भेरिएन्स जस्ता रोगका कारण शरीरको विभिन्न भागका ग्यानेन्द्रीय अङगहरुमा सँक्रमण हुनका साथै विशेष गरि दुइवटै मृगौला फेल गराइ दिए पछि उनी दैनिक औषधि शेवन गर्दै बसेकि छन ।

उनलाई मासिक औषधि उपचारको लागि २० हजार बराबरको खर्च हुन्छ र त्यो खर्च देश बिदेशमा रहेका आफन्त साथी भाइ आफ्नो शुभचिन्तक र अभियन्ता मार्फत सहयोग जुटाइ दिरहेको मृगौला पिडित एलिनाले बताएकि छन ।

 

सम्बन्धित खवर