सुदीप पालुङ्वा कियाचु जापानको अध्यक्षमा निर्वाचित - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुदीप पालुङ्वा कियाचु जापानको अध्यक्षमा निर्वाचित

माङसेबुङ न्यूज । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् ।

जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको सभाहलमा पालुङ्वाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो । कार्य समितिको उपाध्यक्षमा देबेन्द्र लाओती, मनकुमार तुम्सा, लक्ष्मीहाङ आङ्बो, बालबिक्रम तिगेला, अपेक्षा येङदेन, हरेन्द्र नाल्बो र आकाश तुम्बापो निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा मुक्साम लाओती र उपमहासचिवमा नरेश योङहाङ निर्वाचित भएका छन् भने सचिवमा किसोर आङ्बुहाङ, रेखा तुम्बाहाम्फे, इन्द्रदीप आङ्देम्बे, लाखध्वज मादेम्बा र युवराज लाओती निर्वाचित भएका छन् । कोषाध्यक्षमा सन्दिप कुमार चेम्जोङ र सह–कोषाध्यक्षमा बालकिसोर चेम्जोङ निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन समारोहलाई भर्चुअल माध्यमबाट किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले सम्बोधन गरेका थिए । सोही कार्यक्रममा निषेश आङ्देम्बेद्वारा लिखीत लिम्बू भाषाको निबन्ध सङ्ग्रह ‘थिक निसेन’ को पनि बिमोचन गरिएको थियो ।

सम्बन्धित खवर