नाल्बो सेवा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन कुमार नाल्बो - Mangsebung News
  • बिहिबार, जेठ ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नाल्बो सेवा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन कुमार नाल्बो

माङसेबुङ न्यूज । नाल्बो सेवा समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार धरानस्थित लाङ्घाली सामुदायिक भवनमा सम्पन्न उक्त अधिवेशनले मोहन कुमार नाल्बोको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा इन्द्र प्रसाद नाल्बो, सचिवमा अशोक नाल्बो, सह–सचिवमा टिका नाल्बो र कोषाध्यक्षमा बिन्द्र कुमार नाल्बो सर्वसम्मतमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा क्रमशः निशा नाल्बो, राजेश नाल्बो, सुरेन्द्र नाल्बो, वीर बहादुर नाल्बो, लक्ष्मी नाल्बो र सुरेश नाल्बो चयन भएका छन् ।

सेरेङ चोङबाङ सयङका अध्यक्ष गजेन्द्र चोङबाङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सेरेङ मादेन सयङका उपाध्यक्ष प्रेम सेरेङ मादेनको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता मोहन कुमार नाल्बोले गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य अशोक नाल्बो र संचालन इन्द्र प्रसाद नाल्बोले गरेका थिए ।

उक्त अधिवेशनको अवसरमा वंशावली लेखन समिति अध्यक्ष सेसेमी से नाल्बो र सचिव कमल कुमार नाल्बोलाई अध्यक्षलाई ३ लाख र सचिवलाई २ लाख नगद र ताम्रपत्रसहित सम्मान गरिएको जनाएको छ ।

सम्बन्धित खवर