- आन्छुमे नसान
माङसेबुङ । निर्देशक तथा कलाकार सागर केरुङको निर्देशनमा ‘छेक्यो मायालु’ को भिडियो सार्वजनिक गरिएको छ ।
सुरेश अधिकारीको शब्द तथा संगीतमा गायीका तारा लावतीको आवाजमा सजिएको गीत ‘छेक्यो मायालु’ को भिडियो जेपीजे इन्टरटेनमेन्ट अनलाई टिभी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पुर्वाञ्चलको बिभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा छायाँकन गरिएको भिडियोमा मधुराज केरुङ, तरा लिङ्देन, लेन्जो इङ्वा, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतले अभिनय गरेका छन् ।
चलचित्र निर्देशक किशोर सुब्बाको निर्माणमा माता पाथीभरा फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गीतको भिडियोको छायाँकन सञ्जय आचार्य, शृंङ्गार अमृता लिम्बू, ड्रोन अपरेटर फुङ्सो जबेगु, प्रकाश संयोजन निश्चल आचार्यको रहेको छ ।
भिडियो हेर्नुहोस…