माङसेबुङमा तात्कालिन नेकपा पाटी परित्याग गरि जसपामा प्रबेश - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा तात्कालिन नेकपा पाटी परित्याग गरि जसपामा प्रबेश

  • योगेस लावती

माङ्सेबुङ । माङसेबुङमा विभिन्न पार्टी परित्यग गरि दर्जनौं सङख्यामा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

इलामको माङसेबुङमा शनिबार सम्पन्न जनता समाजवादी पार्टी नेपालको कार्यकर्ता भेटघाट साथै पार्टी प्रवेश कार्यक्रममा तत्कालीन नेकपा र विभिन्न पार्टी परित्याग गरि दर्जनौं सङख्यामा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्रदेश न. १ का सामाजिक बिकास मन्त्री जयराम यादवको प्रमुख आथित्यता साथै केन्द्रीय सदस्य लोकसागर साँबाको विशेष आथित्यतामा सम्पन्न भेटघाट कार्यक्रममा तत्कालीन नेकपा गाउँ कमिटी सदस्य राजकुमार बार्ताम राई, शेरबहादुर नाछिरिङ, बिनोद नाछिरिङ नरेश इधिङ्गो, रजन मगर लगायत दर्जनौंको सङख्यामा पार्टी प्रवेश गरेका छन् ।

नव प्रवेशीलाई प्रमुख अतिथि मन्त्री यदवले खदा ओडाएर स्वगत तथा बधाई दिएका थिए । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका १ न. प्रदेशका कोषध्यक्ष बिनोद नेम्बाङ, समाजवादी युवा संघ १ न. प्रदेशका मुख्य सचिव पवन विष्ट, जसपा मोरङ जिल्ला समन्वय समिति सदस्य दिलिप चौधरी, समाजवादी युवा संघ इलामका सचिव उपेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टी नेपालका माङसेबुङ अध्यक्ष किसान खजुमको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा स्वगत मन्तव्य रविन कुरुम्बाङ र कार्यक्रम सञ्चालन राजु मावोहाङले गरेका थिए ।

 

सम्बन्धित खवर