आत्मानन्द कप : उपाधिका लागि माङसेबुङ र बिबिएपसी दमक भिड्दै - Mangsebung News
  • सोमबार, माघ ०३, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द कप : उपाधिका लागि माङसेबुङ र बिबिएपसी दमक भिड्दै

माङ्सेबुङ । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा जारि आत्मानन्द कप १४ औं संस्करण खेलकुद प्रतियोगिताको उपाधिका लागि माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम र बिबिएफसी दमक झापा विच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ–५ स्थित आत्मानन्द खेलमैदानमा आज (शुक्रबार) अपरान्ह २ बजे हुने प्रतियोगिताको उपाधिका लागि माङसेबुङ र बिबिएफसी दमक विच प्रतिस्पर्धा हुने भएको हो ।

फिदिम स्पोर्टिङ क्लव पान्थरलाई सडनडेत्थमा ६–५ ले पराजित गर्दै माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । यस्तै सिरिजङगा स्पोर्टिङ क्लव मोरङलाई पराजित गर्दै बिबिएफसी दमक फाईनल पुगेको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेलको अवसरमा किरात धर्मजन्य संघ संस्थर र जनप्रतिनिधि विच मैत्रीपुर्ण खेल हुने समेत खेलकुद विभाग आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताइन् ।

प्रतियोगिताका विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच लगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने सचिव राईले बताइन् ।

जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।

म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोहको मूल आयोजनामा प्रतियोगिता वर्षेनी सञ्चालन हुँदै आइरहेको छ ।

सम्बन्धित खवर