अभिनयप्रति कुनै मोह थिएन : निसाम तुम्बापो लिम्बू - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अभिनयप्रति कुनै मोह थिएन : निसाम तुम्बापो लिम्बू

सागर केरुङको लेखन र यलम्बर खम्बुको निर्देशनमा बनेको चलचित्र ‘थिम’ मा पहिलोपटक ‘एक्सन कट’ को अनुभव संगाल्दै चलचित्रको पर्दामा नायिकाको रुपमा पर्दापण गरेकी निशाम तुम्बापो अभिनय क्षेत्रमा सम्भावनाले भरिएकी प्रतिभा हुन् ।

‘अभिनय प्रति कुनै मोह थिएन र मोडलिङ मेरो बच्चा देखिको सपना पनि थिएन’ निशाम तुम्बापोले सुनाइन । उनले थपिन, ‘तर २०७४ सालमा आफ्नै घरमा चलचित्रको छायाँकन भएपछि अभिनयमा मोह जागेको र त्यो चाहना ४ वर्ष पछि पूरा भएको छ ।’

लिम्बू चलचित्र ‘थिम’ मा समावेश गरिएको गीत ‘सरलाई सर’ बाट अभिनय यात्रा शुरु गरेको उनीे अहिले आएर अभिनय क्षेत्रमा अवसर पाए अगाडि बढ्ने र यहीँ क्षेत्रमा स्थापित हुने योजना रहेको सुनाउँछिन् ।

कला क्षेत्रमा पाइला मात्र टेक्न सुरु गर्दै भन्ने निसाम, कलकारितालाई तेति राम्रो बुझि नसकेको तर मन चाहीँ पर्ने उनले बताइन् । पढाईसँगै भविश्यमा पनि कला क्षेत्रमानै रहने उनले बताइन । पान्थरको चोकमागुमा जन्मेकी निशाम भन्छिन् ‘यस क्षेत्रमा धेरै नयाँ छु । धेरै कुरा बुझेकी छैन् तर कलाकारितामा बाँच्न सकिन्छ जस्तो चाहीँ लाग्छ ।’

अहिलेसम्म कसैको प्रेममा नपरेको पढाईलाई नै विशेष ठानेको बताउने उनले पारिवारिक सपोर्ट राम्रो रहेको र परिवारकै सपोर्ट र हौसलाका कारण अभिनय क्षेत्रमा अघि बढ्न थप उर्जा मिलेको निसाम बताउँछिन् । भर्खरै सार्वजनिक गरिएको लिम्बू गीत ‘हिल्लिक हिल्लिक’ मा समेत अभिनय कला पस्किसकेकी निसामको अर्को एउटा भिडियो समेत सार्वजनिक हुने क्रममा रहेको छ ।

मेहेनत, असल र इमानदारीतामा विश्वास राख्ने निसाम बुबा रमेश तुम्बापो र आमा लावती मनिकुमारी तुम्वापोको पहिलो सन्तान हुन् । पान्थर बहुमुखी क्याम्पसमा अध्यनरत उनी मेहेनती, असल र जो कोहिसँग सजिलै घुलमिल हुन सक्ने माधुर्य बोलाचाली भएकी मोफसलकी प्रतिभा हुन् निसाम तुम्वापो ।

प्रस्तुति : आन्छुमे नसान

(प्रस्तुत फिचर माङसेबुङ मासिकको मंसिर अंकमा प्रकाशित फिचर हो)

 

सम्बन्धित खवर