सरस्वती मावि व्यवस्थापन समिति अध्यक्षमा खजुम निर्वाचित - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरस्वती मावि व्यवस्थापन समिति अध्यक्षमा खजुम निर्वाचित

माङसेबुङ । श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा किसान खजुम सर्वसहमत निर्वाचित भएका छन् ।

धार्मिक पर्यटकीय क्षेत्र इलामको माङसेबुङ ५ भालुटारमा अवस्थित विद्यालयको व्यवस्थापन समितिमा निर्वाचित र मनोनित प्रतिनिधिहरुको बुधबार सम्पन्न भेलाले खजुमको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको हो ।

यसरी गठित व्यवस्थापन समितिको सदस्य सचिवमा प्रधानाध्यापक हरी आङदेम्बे, सदस्यहरु कविता राई, विष्णु येक्तेन, चन्द्र सिगू लिम्बू, देवीकुमार योङहाङ, मुक्तिहाङ साँबा, नरेन्द्रकुमार राई, धिरेन्द्र आङदेम्बे निर्वाचित भएका छन् ।

ज्येष्ठ सदस्य मुक्तिहाङ साँबाको अध्यक्षतामा बसेको पहिलो भेलाले सर्वसहमतद्धारा नेतृत्व चयन गरिएको शिक्षक मनकुमार लिम्बूले बताए ।

अध्यक्ष खजुम सहित ४ जना कविता राई, विष्णु येक्तेन र देवीकुमार योङहाङ गत मंसिर २५ गते अभिभावकहरुबाट निर्वाचित भएका थिए । भने, शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ अनुसार शिक्षा प्रेमी एक जना, चन्दादाताबाट एक जना, सम्बन्धित वडाका वडाध्यक्ष एकजना, शिक्षक प्रतिनिधि एक जना र विद्यालयको प्रधानाध्यापक एक जनासहित ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको हो ।

अध्यक्ष किसान खजुमको व्यवस्थापन समितिमा यो चौथों कार्यकाल हो । उनले करिब १० वर्ष सदस्यको रुपमा काम गर्दै आएका थिए । चाडैनै विद्यालयको शिक्षक अभिभावक संघको समेत पुनः गठन गरिने प्रधानाध्यापक आङदेम्बेले बताए ।

सम्बन्धित खवर