कुखुरे भञ्ज्याङमा फाल्गुनन्दको सालिक भत्किएपछी विवाद बढ्यो - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुखुरे भञ्ज्याङमा फाल्गुनन्दको सालिक भत्किएपछी विवाद बढ्यो

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । पाँचथर जिल्लाको कुम्मायक गाउपालिका स्थित कुखुरे भन्ज्याङमा रहेको महान समाज सुधारक तथा १६ औ राष्ट्रिय बिभुती फाल्गुनन्द लिङ्देनको सालिक भत्किएपछि विवाद बढदै गएको छ ।

उक्त सालिक परिसर मुनि रहेको जग्गामा १५ शैया अस्पतालको घरेडी सम्याउने क्रममा सो सालिक भत्किन गएको कुरा अस्पताल निर्माण ब्याबसायिले जनाएको छ ।

नागार्जुन भगवती जे,भि ले भ्याट बिल सहित १८ करोड रुपैयाँको लागतमा १५ शैया अस्पताल निर्माणकार्यको लागि ठेक्का लिएको हो । सो निर्माण ब्याबसायिले नियतबस फाल्गुनन्दको सालिक भत्काएको भन्दै सम्पुर्ण सरोकारवाला तथा शुभेच्छुकहरुले गाउँपालिकाको कार्यलय र इलाका प्रहरी कार्यलय यासोकमा तत्काल सालिक मर्मत संभारका लागी लिखित निवेदन दिई ध्यानाकर्षण गराइएको थियो ।

यसरी लिखित जानकारी द्वारा ध्यानाकर्षण गराउदा समेत संबंधित निकायले चासो नलिएको भन्दै सरोकारवालाले आज उक्त अस्पताल निर्माण ब्याबसायिका मेसिनको चाबी खोसेर प्रहरीलाई बुझाइएको छ भने गाउँपालिकाले सालिक पुनर्निर्माणका लागि थप २० लाख रुपैयाँ बजेटको ब्याबस्था गरिएको समेत गाउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र वडा न, १ का वडाध्यक्ष देबेन्द्र कुमार लावतीले नागरिकलाई बताएका छन ।

उक्त स्थानमा अन्दाजी ५३ सालमा समाज सुधारक १६औ राष्ट्रिय बिभुती फाल्गुनन्दको सालिक निर्माण भएको र सालिकलाई थप संरक्षण गर्नुको सट्टामा बिकासको नाममा बिनासर्त बिनास गरिएको सरोकारवालाहरुको आरोप छ । सो क्षेत्रमा १५ शैया अस्पताल निर्माण ब्याबसायिले नै सालिकको संरचना जस्ताको तस्तै तत्काल उभ्याउनु पर्ने र गाउँपालिकाले जनताको २० लाख थप पैसा दिनु नहुने कुरा सरोकारवालाहरुको भनाइ रहेको छ ।

सामाजिक संजालमा अहिले लिम्बू समुदाय बिच आपसी कलह देखिएको बेला महान समाज सुधारक फाल्गुनन्दको सालिक भत्किएपछी झन लिम्बुवानको शिर ढलेको महसुस भएको कुरा सरोकारवालाहरुले औल्याएका छन । तर यश कुरामा सबैजना नआत्तिन वडाका वडाअध्यक्ष देबेन्द्र कुमार लावतिले आग्रह गर्नुभएको छ । वहाँका अनुसार सोही स्थानमै आउदो चैत महीना भित्र सम्ममा अझ ब्याबस्थित तवरले सालिक मर्मत सम्भार भइ सक्ने कुरा बिश्वास दिलाइएको छ ।

 

 

सम्बन्धित खवर