कांग्रेस सभापति देउवालाई किरात धर्मगुरुको शुभकामना सन्देश, ज्ञापन पत्र - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेस सभापति देउवालाई किरात धर्मगुरुको शुभकामना सन्देश, ज्ञापन पत्र

काठमाडौं ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मनन्द लिङदेन सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनको तर्फबाट नव निर्वाचित कांग्रेस सभापति शेर बहादुर देउवालाई शुभकामना सन्देश साथै ज्ञापन पत्र बुझाइएको छ ।

नेपाली कांग्रेस इलाम सभापति डम्बर खड्काको संयोजनमा धर्मगुरुका निजी सचिव खडग साम्बा कानुनी सल्लाहकार एनएस फागोलगायतले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई शुभकामना सन्देश र ज्ञापन पत्र बुझाइएको हो ।

नेपाली कांग्रेस माङसेबुङ गाँउपालिका इलामका उपसभापति यलम्बर साम्बा आर्युवेद प्राविधिक भगिहाङ नेम्बाङ, सोम लिम्बु, आत्मा पवित्र गौशालाका अध्यक्ष बीरबहादुर आङला गौशालाकै कोषाध्यक्ष खडग खालिङको उपस्थितीमा सोमबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुगेर शुभकामना सन्देश र ज्ञापन पत्र बुझाइएको हो ।

 

सम्बन्धित खवर