दमक । झापाको बिर्तामोड १ मा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवसताक्षी १० का ४० बर्षिय यामनाथ राय रहेका छन । हिजो राती ८ बजे बिर्तामोड–१ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रायको बिर्तामोड स्थित बि.एण्ड सि. अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न ट्रक र चालक ईलाम सन्दकपुर–३ का रोसन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।