पाँचथरको फाल्गुनन्द ६ मा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाँचथरको फाल्गुनन्द ६ मा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

पान्थर । पाँचथरको फाल्गुन्द गाउँपालिक— ६ आङसराङ वडा कार्यालयमा बिहीबार वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक सम्पन्न भएको छ ।

वहुक्षेत्रिय पोषण कार्यक्रम अन्तरर्गत वडा कार्यालयमा पोषण तथा खाद्य शुरक्षा सम्बन्धी अन्तक्रिया सम्पन्न भएको हो ।

बालवालिकाहरुलाई कुपोषणबाट बचाउन पोषिलो खानेकुरा खुवाउने, हरेक बार खाना चारको अवधारणलाई लागु गर्ने लागयतको बिषयमा कार्यक्रममा अन्तरक्रियामा चर्चा भएको थियो ।

कार्यक्रमको सहजिकरण गाउँपालिका पोषण सहजकर्ता सुमित्रा तामाङले गर्नुभएको थियो भने गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक कार्यक्रम अन्तरर्गक सुनौलो हजार दिनका आमाहरुको स्याहार सुसारको लागि पोषण कार्यक्रम र सडक नाटक समेत प्रर्दशन गर्दै आएको तमाङको भनाइ छ ।

कार्यक्रममा जयनारायण आर्दश मावि मेहेलबोटेका प्र.अ बिनोद अधिकारीले दुई वर्ष मूनीका बालवालीकाहरुको स्याहार सुसार र हेर बिचारको लागि परिवारले ध्यान दिनुपर्ने र विद्यालयको दिवा खाजामा पनि पोषिलो खाने कुरामा आबस्यक ध्यानाकर्षण पुग्नु पर्ने जोड दिइएको थियो ।
यसैगरी सोही वडाको मेहेलबोटे स्वास्थ चौकिमा बिहिवार वडा स्तरीय नागरिक आरोग्य समुहलाइ स्वस्थ्य जिबनशैलि योग एवं स्थानीय जडिबुटी प्रयोग सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको थियो । नागरिकहरु योग तथा ब्यायाम गरेर पनि मानव जिवनका रोग न्यूनीकरण गर्न सकिने र गाउँघरको रितिरिवाज अनुसार धामी झाक्री द्वारा पनि कतिपय बिरामीहरु निको हुने बिश्वास भएकोले स्वास्थ स्वयंसेविकाहरु सङ्ग समन्वय गरि हरेक नागरिकको जिबन रक्षाका लागि सङ्गिय सरकार तत्वर रहेको कुरा समेत अभिमुखिकरणका सहजकर्ता राजु पराजुलीले बताएका छन ।

कार्यक्रममा वडा सचिव जयबहादुर तामाङ, जनप्रतिनिधि, संघसस्थाका प्रतिनिधि, राजनीतिकदलका प्रतिनिधि, नागरिक समाज लगायतको सहभागिता समेत रहेको थियो । कार्यक्रम ६ नं. वडाअध्यक्ष नारायण प्रसाद आङ्म्देबेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

सम्बन्धित खवर