प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसेका हुन् ।

बालुवाटारमा दुई दिनअघि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए ।

देउवा शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको हो । देउवाको सचिवालयका एक सदस्यका अनुसार शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेका हुन् ।

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने भएका छन् ।

सम्बन्धित खवर