काठमाडौँ । नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
देशभर गरिएको ९ हजार ७ सय ६२ पिसिआर परीक्षणका क्रममा ६ सय ९६ जना र ३ हजार ५ सय २ एन्टीजेन परीक्षणका क्रममा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ६ जना निको भएका छन् ।
यसैगरि हाल नेपालमा ६ हजार १ सय ४० सक्रिय संक्रमित आइसोलेसन र १ सय १३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।