बन्दुकधारी लुटेराद्वारा नाइजेरियामा २ सय गाउँलेको हत्या - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बन्दुकधारी लुटेराद्वारा नाइजेरियामा २ सय गाउँलेको हत्या

एजेन्सी । बन्दुकधारी लुटेराद्वारा नाइजेरियामा कम्तिमा २ सय जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा आम हत्या मच्चाएको स्थानीयले बताएका हुन् ।

एक स्थानीय नेता बलराबे अलहाजीले बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १ सय ४३ जनाको दाहसंस्कार गरेको बताएका छन् । उनले आक्रमणमा २ सय भन्दा बढीको मृत्यु भएको समेत बताए ।

मोटरसाइकल चढेर आएका झन्डै ३ सय आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।

यसैबीच, लुटपाट मच्चाउने एकसय जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।

सम्बन्धित खवर