सागरको निर्देशनमा पालाम ‘सिरिजङ्गा तङ्नाम’ को छायाँकन सम्पन्न - Mangsebung News
  • शनिबार, असार २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागरको निर्देशनमा पालाम ‘सिरिजङ्गा तङ्नाम’ को छायाँकन सम्पन्न

काठमाडौ । लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’ को बुधबार छायाँकन सम्पन्न भएको छ । सिक्किमस्थित मार्ताम, रेसिवाधाम, हिगाउँ लगायत रमणीयस्थलमा उक्त पालामको गरिएको हो ।

बिएम थेगिमको शब्द तथा लय संकलन, मनि ताम्लिङ र जीतु मुरिङ्लाको स्वर, बिनय मुरिङ्लाको छायाँकन रहेको पालामलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

ओपेरा इन्टरटेन्मेन्ट युट्यूव च्यानलद्वामा सार्वजनिक हुने भिडियोमा मोनि कुमार ताम्लिङ, जीतु मुरिङ्ला, सोना सावदेन, मुनाहाङ लिम्बू, सनमाया हेम्ब्या, गंगा केरुङ, बसन्ती इजम, अमृता खाम्दाक, एसबि चोङ, आइतहाङ मुरिङ्ला, खड्गसिङ इजम, टिबि लिम्बू, एल सुब्बा, मनमाया सावदेन, आइतहाङ पाराङ्देन, सुचिता मुरिङ्ला, सुकमाया माङ्मु, सुनुहाङ्मा लिबाङ, सुकुम यङ्वागो, कविता यङ्वागो, सचिका यङ्वागु, आइतरानी यङ्वागु, पुर्णिमा यङ्वागु, बिएम लिम्बू, बुद्दहाङ यङ्वागु, लक्ष्मण थेगिम, केस लिम्बू, मंगल लिम्बु लगायतले अभिनय गरेका छन ।

 

सम्बन्धित खवर