भूमि आयोग इलामको अध्यक्षमा भक्त केसी, २८ वटा जिल्लामा - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूमि आयोग इलामको अध्यक्षमा भक्त केसी, २८ वटा जिल्लामा


इलाम । २८ वटा जिल्लामा सरकारले भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको छ । गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

देवी ज्ञवालीको नेतृत्वको आयोग खारेज गरेर सरकारले नयाँ आयोग गठन गरेपछि पहिलो चरणमा भुमि सम्बन्धि धेरै समस्या भएका जिल्लामा अध्यक्ष नियुक्त गरिएको हो । अध्यक्षसहित सरकारले ती जिल्लमा अन्य दुई सदस्य पनि नियुक्त गर्न पाउने आयोग गठन आदेशमा उल्लेख छ । तर, अहिले सदस्य नियुक्त भइसकेका छैनन् ।

नियुक्त गरिएका जिल्ला अध्यक्षहरूलाई शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सपथ भइसकेको छ । प्रदेश १ अन्तर्गत इलामको अध्यक्षमा भक्त केसी नियुक्त भएका छन् । यस्तै मोरङमा शुशिला घिमिरे, झापामा तिलकसिंह पाण्डे र सुनसरीमा भगिरथ खत्वे अध्यक्षमा नियुक्त भएका छन् ।

ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा दिनेशकुमार लावती, भोजपुरमा दिलकुमार राई, ओखलढुंगामा अशोककुमार कार्की र उदयपुरमा बलबहादुर तामाङ अध्यक्षमा नियुक्त भएका छन् ।

केपी ओली नेतृत्वको सरकारले देवि ज्ञवालीको नेतृत्वमा गठन गरेको आयोग विघटन गरेर सरकारले केशव निरौलाको नेतृत्वमा नयाँ आयोग गठन गरेको थियो । अयोगको उपाध्यक्षमा नहेन्द्र खड्का छन् भने सदस्यहरुमा राघोराय यादव, वासुदेव हुमागाईं, टेकबहादुर शाह र दाताराम खनाल छन् ।

 

सम्बन्धित खवर