भूमी आयोग पाँचथरको अध्यक्षमा दिनेश लावती नियुत्त - Mangsebung News
  • आइतबार, असार २९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूमी आयोग पाँचथरको अध्यक्षमा दिनेश लावती नियुत्त

पाँचथर । भूमी आयोग पाँचथरको अध्यक्षमा दिनेश लावती नियुत्त भएका छन् ।

सरकारले २८ वटा जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेसंगै पाँचथरको अध्यक्षमा दिनेश लावती नियुक्त भएका हुन् ।

नेकपा माओबादी केन्द्रका नेता समेत रहेका लावतीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आयोगको अध्यक्षमा सपथ लिइसकेका छन् ।

यसअघि तत्कालीन नेकपाको सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग पाँचथर जिल्ला समितिको अध्यक्षमा करुणा राईलाई नियुक्त गरेको थियो । उक्त आयोग खारेज भएपछि वर्तमान सरकारको गत पुस २१ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

 

 

 

सम्बन्धित खवर