इलामको रोङमा पिकअप दुर्घटना, दुईको मृत्यु - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलामको रोङमा पिकअप दुर्घटना, दुईको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिकामा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ ।

झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको खालि पिकअप आँफै अनियन्त्रित भई सडक बाट करिव ५ सय मिटर तल झरि दुर्घट्ना हुँदा उक्त हुँदा दुई जनाको मृत्यू भएको हो ।

मेची राजमार्गको रोङ गाउँपालिका ४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी झापा मेचिनगर नगरपालिका ४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान वस्ने वर्ष ४० को सुर्य वहादुर थापाको घट्ना स्थलमा नै मृत्यु भएको हो ।

पिकअप चालक जिल्ला झापा मेचिनगर नगरपालिका ४ वस्ने वर्ष ३३ को अर्जुन कोइराला समेत गम्भिर घाईते भएको बताइएको छ । उहाँको उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर