पत्रकार सोम सुसेलीलाई मातृशोक - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार सोम सुसेलीलाई मातृशोक

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति सोमनाथ सुसेली (अधिकारी) लाई मातृशोक परेको छ ।

पत्रकार सुसेलीको आमा बिष्णुमाया अधिकारीको ८२ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । इलाम नगरपालिका–९ निवासी लामो समयदेखि दम रोगबाट पीडित अधिकारीको घरमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

मृतक अधिकारीका श्रीमान शिवप्रसाद, दुई छोरा बुहारीहरु अविनारायण–ललिता, सोम सुसेली–मेनुका र एक छोरी निरा रहेका छन् । मृतक अधिकारीको आइतबार बिहान माईखोलाको राजदुवाली घाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

सुसेली पत्रकार महासंघ प्रदेश १ का पूर्व उपाध्यक्ष तथा इलामका अग्रज पत्रकार हुन् । रेडियो नेपालबाणि एफएम इलामका स्टेशन म्यानेजर तथा इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक हुन् ।

सम्बन्धित खवर