पबित्रहाङमा कप : ए.पी.एफ.सी माङसेबुङ फाईनलमा प्रबेश - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कप : ए.पी.एफ.सी माङसेबुङ फाईनलमा प्रबेश

माङसेबुङ । इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा ए.पी.एफ.सी माङसेबुङ इलाम संघर्षपूर्ण जीत निकाल्दै फाईनलमा प्रबेश गरेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा आज (सोमबार) सम्पन्न दोस्रो सेमिफाईनल खेलमा केराबारी गाउँपालिका खेलकुद समिति मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै माङसेबुङ फाईनलमा प्रबेश गरेको हो ।

छिमेकी राष्ट्र सिक्किम र कलकता भारतका खेलडीहरुको बर्चस्व रहेको ए.पी.एफ.सी माङसेबुङलाई जित दिलाउन भारतीय खेलाडी सोनिया मारकले निर्णायक गोल गरे । सोनियाले खेलको सातौं मिनेटमा हेडमार्फत सुन्दर गोल गरे ।

पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत अव उपाधिका लागि मंगलबार(भोली) ए.पी.एफ.सी माङसेबुङ इलामले माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको वुमन अफ दी म्याच ए.पी.एफ.सी माङसेबुङकी सोनिया मारक घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित १२ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित खवर