पबित्रहाङमा कपको उपाधि ए.पी.एफ.सी माङसेबुङलाई - Mangsebung News
  • आइतबार, बैशाख १६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पबित्रहाङमा कपको उपाधि ए.पी.एफ.सी माङसेबुङलाई

माङसेबुङ । इलामको माङसेबुङमा आयोजना गरिएको पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगिताको उपाधिमा ए.पी.एफ.सी माङसेबुङ इलामले जितेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा मंगलबार सम्पन्न फाईनल खेलमा माङसेबुङ गाउँपालिका खेलकुद बिकास समिति इलामलाई ४–२ गोल अन्तरले पराजित गर्दै ए.पी.एफ.सी माङसेबुङले उपाधि जितेको हो ।

उपाधि जिते सँगै ए.पी.एफ.सी माङसेबुङले नगद पुरस्कार १ लाख ११ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाए । यता उपबिजेता माङसेबुङ गाउँपालिकाले नगद पुरस्कार ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।

छिमेकी राष्ट्र सिक्किम र कलकता भारतका खेलडीहरुको बर्चस्व रहेको ए.पी.एफ.सी माङसेबुङलाई उपाधि दिलाउन भारतीय खेलाडी सोनिया मारकले दुई तथा सिवानी शर्मा र सुस्मिता लेप्चाले एक एक गोल गरे ।

यता माङसेबुङ गाउँपालिकाका लागि भने शिला राईले दूई गोल फर्काए ।

सिवानीले खेलको १७ औं मिनेटमा गोल गर्दै ए.पी.एफ.सी माङसेबुङलाई अग्रता दिलाए । उनले फ्रिकिक् मार्फत गोल गरे । यस्तै सोनियाले खेलको २३ औंैं मिनेटमा गोल गर्दै अग्रता दोव्वर बनाए ।

यसैगरि सोनियाले व्यक्तिगत दोस्रो गोल गर्दै ए.पी.एफ.सी माङसेबुङको अग्रतालाई तेव्बर बनाए ।

यता माङसेबुङ गाउँपालिकाका लागि भने शिलाले खेलको ४१ औं र ४९ औं मिनेटमा गोल गर्दै खेललाई ३–२ मा फर्काए । तर खेलको ५६ औं मिनेटमा ए.पी.एफ.सी माङसेबुङका लागि सुस्मिता लेप्चाले गोल गर्दै उपाधि दिलाए ।

यस्तै वेस्ट किपर ए.पी.एफ.सी माङसेबुङका प्रशान्ति लवरा, वेस्ट डिफेन्डर ए.पी.एफ.सी माङसेबुङका प्रिया तामाङ, वेस्ट खेलाडी माङसेबुङ गाउँपालिकाका शिला राई, सर्वाधिक गोल कर्ता ए.पी.एफ.सी माङसेबुङका सुजुहाङमा लिम्बू र उदयमान खेलाडी माङसेबुङ गाउँपालिकाका स्वस्तिका राई घोषित भए ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित १२ औं पवित्रहाङमा कप खेलकुल प्रतियोगीता माघ २४ गते देखि फागुन ३ गते सम्म सञ्चालन भएको थियो ।

 

 

सम्बन्धित खवर