कलेश्वरी आधारभूत बिद्यालयका प्रधानध्यापक तामाङको बिदाई - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कलेश्वरी आधारभूत बिद्यालयका प्रधानध्यापक तामाङको बिदाई

  • पदम सुखी सम्बाहाम्फे

तुम्बेवा । पाँचथरको तुम्बेवा गाउँपालिका वडा न. १ स्थित कलेश्वरी आधारभूत बिद्यालयका निबर्तमान प्रधानध्यापक गोबिन्द बहादुर तामाङलाई मंगलबार बिदाई गरिएको छ ।

२०४१ साल पौष १ गते देखि शिक्षण पेशामा आवद्ध भई २०६५ साल बाट प्रधान अध्यापकको भुमिका निर्बाह गर्दै आएका तामाङ्ले २०७८ साल फागुन ४ गते देखि स्वेच्छिक राजिनामा दिएका हुन् ।

शैक्षिक र भौतिक रुपमा बिद्यालयलाई अनुकरणिय सहयोग गरेको भन्दै बिद्यालय परिवारले वहालाइ सम्मान पत्र सहित मायाको चिनो प्रदान गरेको थियो । बिधालय ब्यबस्थापन समितिको आयोजनामा भएको सो समारोहमा तामाङले आफु बाहिर रहेर पनि आफ्नो बिवेक र क्षमताले भ्याएसम्म बिधालयलाइ सक्दो सहयोग गर्ने बताएका छन् ।

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सहरसिं तामाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा तुम्बेवा १ का वडा अध्यक्ष मोतिराज तामाङ साथै प्रधान अध्यापक मनभक्त देवान उर्मिला तामाङ लगायत अभिबाहक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर