अम्लिसोको मुल्य घटेपछि किसान मार्कामा - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अम्लिसोको मुल्य घटेपछि किसान मार्कामा

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । गत बर्ष भन्दा यश बर्ष अम्लिसोको भाउ उच्च भएपनि अहिले भने अम्लिसोको मुल्यमा गिरावट आएर किसानहरु मार्कामा परेका छन ।

यश बर्ष प्रती किलो १ सय ५० रुपैयाँको दरले बिक्री भएको अम्लिसोको भाउ अहिले १ सय रुपैयाँमा मात्र किनबेच हुन थालेपछी आफुहरुलाई घाटा सहनु परेको किसानहरुको दुखेसो छ ।

तर पनि अम्लिसोको भाउ सय रुपैयाँँ केजी भएपनी गत बर्षको तुलनामा अहिलेसम्म दोब्बरले नै बढी भएको कुम्मायक गाउपालिका ४ का नरमाया सम्बाहाम्फे बताउछ्न । आफ्नो ३ जनाको परिवारलाई ८० देखि ९० केजी उत्पादन भएको अम्लिसो बेचेर ६ महिना सम्म खान पुग्ने चामल किनेको उनको भनाइ छ ।

अर्का किसान भक्त बहादुर सम्बाहाम्फेको पनि उहीँ हाल छ , भाउमा गिरावट नआएको भए दूई कुइन्टलसम्म अम्लिसो बेचेको पैसाले ६ महिनासम्म नुन, तेल र चामलको गर्जो मजाले टारिने बताएका छ्न ।

कृषि शाखा यासोकको एकिन तथ्यांक नभएपनि १० हजार टन भन्दा बढी कुम्मायक गाउपालिका बाट अम्लिसो निर्यात हुने ब्यापारी बिरबहादुर पाण्डे बताउछन् । गाउँपालिकाको वडानम्बर १ , २ , ४ र ५ अन्तर्गतका रानिगाउँ, स्याबरुम्बा यासोक र माङ्जाबुङ देखि बर्षेनी निर्यात हुने अम्लिसो खेतीबाट करोड भन्दा माथी रकम यश क्षेत्रमा भित्रीने गरेको पिपलबोले बजार स्याबरुम्बाका अर्का ब्यापारी गोबिन्द पाण्डे बताउँछन् ।

गोडमेल नचाहिने तर ओसिलो र मलिलो माटोमा अम्लिसो खेती गर्न सके छिटै उत्पादन बढाएर मनग्गे आम्दानी लिन सकिने र अम्लिसोको फुल थुतेर घाँसले पशुपालन गर्न समेत सजिलो हुने किसानहरुको भनाइ छ ।

सम्बन्धित खवर