- पदम सुखी सम्बाहाम्फे
कुम्मायक । कुम्मायक सरोकार मन्च दक्षिण कोरिया द्वारा मोटर साइकल दुर्घटनामा परेका घाइते बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
दुर्घटनामा परेका कुम्मायक गाउपालिका १ स्थित साबिक वडा नम्बर ८ निगुवाचाबाका १८ बर्षिय सन्जय तामाङ हुन ।
गत पौष २७ गते दिउँसो १२ बजे घरायसी सामान किन्नकालागि मोटरसाइकलबाट यासोक बजार जाने क्रममा फिक्कलमा दुर्घटना हुदा तामाङ गम्भीर घाइते भएका थिए ।
घाइते तामाङलाई कुम्मायक सरोकार मन्च दक्षिण कोरियाका अध्यक्ष सोम भगत चेम्जोङ्को अगुवाइमा १ लाख ७ हजार ५ सय रुपैयाँ रकम कुम्मायक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतिको रोहवरमा घाइतेका आमा फुलमाया तामाङलाइ सो रकम हस्तान्तरण गरिएको थियो ।
घरको आर्थिक स्थिति कम्जोर हुनुका साथै उनको बि एन्ड सि हस्पिटलमा उपचार हुदा ८ लाख भन्दा बढी रकम खर्च सकिएकोले थप सहयोगको याचना समेत गरिएको छ ।
तामाङ्को शरीरको मेरुदण्ड भाचिएको चारवटा दात समेत झरेको परिवार श्रोतले जनाएको छ । उनको उपचारमा थप रकमको आबस्यकता हुने समाजसेवी गणेश नेम्बाङ, शिक्षक तिलबहादुर तामाङ र कुम्मायक सम्पर्क समितिका सदस्य गणेश चेम्जोङले बताएका छ्न ।
वैदेशिक रोजगारमा रहेर असहायहरुको सहारा बनेको छ भन्दै सम्पर्क समितिले कुम्मायक सरोकार मन्च दक्षिण कोरियाका सम्पुर्ण सहयोगी टिमलाई हार्दिक आभार पनि प्रकट गरेको छ ।