माङसेबुङमा दूई किरात लिम्बू भाषिक गीतको छायाँकन - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा दूई किरात लिम्बू भाषिक गीतको छायाँकन

  • आन्छुमे नसान

माङसेबुङ । धार्मिक पर्यटकिय क्षेत्र इलामको माङसेबुङ रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा दूईवटा किरात लिम्बू भाषिक गीतको छायाँकन गरिएको छ ।

गीतकार शान्ता केरुङको शव्दभावहरुमा गायक तथा संगीतकार यादन सेर्माको संगीतमा सजिएको किरात लिम्बू भाषिक गीतहरु ‘खाम्बोङबा सासे’ र ‘किराती लाजे’ को छायाँकन माङसेबुङमा गरिएको हो ।

गायक यादन सेर्मा र गायीका दीपा सुहाङको सुमधुर आवाजमा सजिएको गीत ‘खाम्बोङबा सासे’ को भिडियोमा मोडल तथा निर्देशक अनिस लावती र नायीका तथा मोडल निसाम तुम्बापो लिम्बूले अभिनय गरेका छन् ।

यसैगरि गायक यादन सेर्मा र गायीका गंगा फियाक लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘किराती लाजे’ को भिडियोमा मोडलद्वय कृति मिभक लिम्बू र सुनिल सेर्मा ‘नोसाङ’ले अभिनय गरेका छन् ।

कलाकार तथा निर्देशक दिनेश माङमुको कोरियोग्राफी तथा कार्यकारी निर्देशन रहेको दूवै गीतको छायाँकन तथा ड्रोन सुजन श्रेष्ठले गरेका हुन् भने मेकअप ज्ञानु श्रेष्ठको रहेको छ ।

शान्ता केरुङको निर्माणमा अनिल थोप्राको पोष्ट प्रडक्शन रहेको भिडियोमा किरात साम्यो साम्थिम्गेन् पान्जुम्भो, माङसेबुङ, ईलाम र माङसेबुङ केःलाङ समूह माङ्सेबुङ–५, ईलामको कोरस नृत्य रहेको छ ।

यी दूई गीत मध्ये ‘खाम्बोङबा सासे’ को छायाँकन सम्पन्न गरिएको र ठिक एक हप्त पछि गायक तथा संगीतकार यादन सेर्माको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिने निर्देशक बिक्रम फागो वनेमले बताए ।

यस्तै ‘किराती लाजे’ को आधा छायाँकन सम्पन्न गरिएको र बाँकी किराँती लाजे लगायत थप अन्य आधा दर्जन बढी गीतहरु (लिम्बू भाषिक गीत÷पाःलाम र नेपाली लोकगीत) आगामी फागुनको दोश्रो साता देखि पान्थर थुमको फेदेन, लोब्रेकुटी, सिलौटी, साधुटार, माझीटार, याशोक, रानीगाउँ र माङजाबुङ लगायतका विभिन्न स्थानहरुमा सम्पन्न गरिने निर्देशक वनेमले बताए ।

सम्बन्धित खवर