फेरि भेटौला कार्यक्रममा कुम्मायक गाउपालिकाका दुई कर्मचारीको बिदाई - Mangsebung News
  • सोमबार, असार ३०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फेरि भेटौला कार्यक्रममा कुम्मायक गाउपालिकाका दुई कर्मचारीको बिदाई

  • पदम सुखी सम्बाहाम्फे

कुम्मायक । कुम्मायक गाउँपालिकाको कार्यललय प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी र लेखा समिति प्रमुख अनिल दुलालको मंगलबार साँझ बिदाई गरिएको छ ।

गाउँपालिकाको कार्यलयमा आयोजित फेरि भेटौला बिदाई कार्यक्रममा लामो समय सम्म कुशल काम गरेका प्रमुख प्रशासकीय अधिकृत अधिकारी र दुलालको बिदाई गरिएको हो ।

सरुवा एउटा नियमित नियमनै भएपनि अधिकारी र दुलालको बिदाइले कुम्मायक गाउँपालिकालाई अपुरणिय असहज महसुस भएको गाउँपालिका उपाध्यक्ष सीता आचार्यले बताईन । जतिसुकै अप्ठ्यारा परिस्थितिमा पनि कार्यलयको प्रशासनिक फाट जिम्मेवार पुर्वक हाक्नु भएको थियो भन्दै अधिकारीको प्रशसा गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा भएको फेरि भेटौला बिदाई समारोहमा शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङ लगायत कार्यलयका कर्मचारी, वडाका वडा अध्यक्षहरु साथै कार्यपालिका सदस्य र संचारकर्मिहरुको उपस्थिति रहेकोे थियो ।

सम्बन्धित खवर