माङसेबुङ । किरात धर्म सम्बद्ध युवाहरुको साझा संगठन किरात साम्यो नालीफूङ्वा थुम पान्जुम्भो मोरङको पाँचौ सम्मेलनको तयारी सुरु गरिएको छ ।
गत फागुन ६ गते मोरङको पाटीगाउँमा बसेको नालीफूङ्वा पान्जुम्भोको संयुक्त बैठकले पाचौ सम्मेलन मोरङ जिल्लाको लेटाङ नगरपालिका ४, मा अवस्थित किरात हाङसाम माङहिमको प्राङगणमा आगामी चैत ३,४ र ५ गते आयोजना गर्ने निर्णय गर्दै तयारी सुरु गरेको हो ।
यसैगरि संगठनको विकास र दिगो आर्थिक ब्यवस्थापनको लागि नालिफुङ्वा अक्षयकोष स्थापना गर्ने लक्ष्य लिइएको अपिलमा उल्लेख गरिको छ ।
नालिफुङ्वा अक्षयकोष मोरङ स्थापनाको लागि फागुन १३ गतेदेखि २५ गतेसम्म घरदैलो अभियान संचालन गरिने पनि जनाइएको छ ।
यसैगरि चैत ३ गते साक्मुरा वादेम्मा, नाम्धुङ लाधुङसेमी सेवा र साँझमा सामुहिक माङगेन्ना कार्यक्रम गरिने जनाइएको छ । यस्तै चैत ४ गते पाचौं सम्मेलन समुद्घाटन, बन्दसत्र, समिति चयन र सपथ ग्रहण र चैत ५ गते भावी कार्ययोजना कार्यक्रम घोषणा, जलपान संगै बिदाई कार्यक्रम गर्ने गरि कार्यक्रमको रुपरेखा तयार गरिएको छ ।
सम्मेलन कार्यक्रममा प्रत्येक गाउँपालिका, नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङका अध्यक्ष आकाश लङवाले बताए ।