किरात धर्मगुरु र नेदरल्याण्डका पादरी अब्राहम बिच भेटघाट - Mangsebung News
  • सोमबार, असार ३०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मगुरु र नेदरल्याण्डका पादरी अब्राहम बिच भेटघाट

माङसेबुङ । किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ र नेदरल्याण्डका कृश्चियन धर्मका प्रचारक क्रोल अब्राहम बिच भेटघाट भएको छ । भेटका क्रममा समसामयिक बिषयमा सामान्य कुराकानी भएको जनाइएको छ ।

शुक्रबार इलामको माङसेबुङ गाउँपालिका वडा नं ५ स्थित किरात धर्मगुरु ज्युको निजी आश्रममा उक्त भेटघाट भएको थियो ।

अब्राहम नेपाल भ्रमणमा आउँदा किरात धर्मगुरुलाई अनिवार्य दर्शन गर्न आउने गर्छन् । भेटमा अब्राहमले यसरी शान्तिका लागि लाग्नुभएका किरात धर्मगुरुको कार्यलाई विश्वभरी प्रचार प्रसारमा सहयोग पुर्याउने बताए ।

भेटमा किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ आत्मानन्द लिङ्देन सेइङले बिश्व शान्ति मानव एकता आजको आवश्यकता रहेको बताउनु भयो ।

भेटमा किरात चोत्लुङ अङ्सिमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिङ योङहाङ, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिङ थेगिम, गुरु निजि कृषि समिती अध्यक्ष टिकाराम केरुङ, पुर्व गुरुनिजि सचिब नवीन लिङ्देन, साहित्यकार हरि चोङ्बाङ ज्योतिष चन्द्रकुमार सेर्मा, येहाङमुक कोक्माका अध्यक्ष इन्द्रहाङ आङ्देम्बे, गुरु शेवक बाजहाङ योङ्हाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर