आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा - Mangsebung News
  • सोमबार, असार ३०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो ।

सरकारले फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने भएको हो । यससँगै सरकारी कार्यालयदेखि संघसंस्थाका सेवा आज बन्द रहनेछन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।

 

सम्बन्धित खवर