झापा गोल्ड कप : कठिन जित निकाल्दै संकटा क्वाटरफाइनलमा - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्ड कप : कठिन जित निकाल्दै संकटा क्वाटरफाइनलमा

  • आन्छुमे नसान

बिर्तामोड । नेपाल आईस पाचौं झापा गोल्ड कपमा संकटा युथ क्लबले कठिन जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आईतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई १–० गोल अन्तरले हराउँदै संकटा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सातदोबाटोको जितमा उत्तम राईले निणर्नयक गोल गरे । उनले खेलको ६५ औं मिनेटमा फोडे फोफोनाको क्रसमा आकर्षक गोल गरे । त्यसपछि भने दुबैटोलीले थुपै अवसरहरु पाए पनि गोल गर्न भने सकेनन् ।

खेलको म्यान अफ दि म्याच संकटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ प्राप्त गरे ।

झापा गोल्ड कपमा भोली(सोमबार) सातदोबाटो युथ क्लव र विभागिय टोली ए.पि.एफ. विच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्रप्राप्त गर्नेछ ।

यसैगरि उच्च गोलकर्तालाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाईनल खेल फागुन ३० गते हुनेछ ।

सम्बन्धित खवर