मोरङको पथरी शनिश्चरेमा किरात मुन्धुम निसामहिम उद्घाटन - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मोरङको पथरी शनिश्चरेमा किरात मुन्धुम निसामहिम उद्घाटन

  • योगेस लावती

पथरिशनिश्चरे । मोरङको पथरिशनिश्चरे १० स्थित किरात मुन्धुम निसामहिम उद्घाटन भएको छ ।

किरात युमा माङहिम समितिको पहलमा उद्घाटन भएको निसामहिममा किरात लिम्बू भाषा लिपि पठनपाठन हुने भएको हो ।

गत सोमबार पथरिशनिश्चरे वडा नं. १० स्थित रहेको किरात युमा माङहिमको प्राङ्गणमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथी पथरी शनिश्चरेका मेयर दिलिप कुमार राई, र बिशेष अतिथी उप–मेयर यमुना बिष्ट (बास्तोला) ले संयुक्त रूपमा उद्घाटन गरेको थियो ।

निसामहिम उद्घाटन कार्यक्रममा बोल्दै मेयरले भने किरात भाषा लिपिको संरक्षण र सम्बर्द्धनको निम्ति सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा किरात धर्मावलम्बिहरुको बाक्लो उपस्थिति रहेको थियोे भने किराँत राई यायोक्खा केन्द्रिय सचिव अर्जुन जम्नेली राई र समाज रुपान्तरण टि.भीका संचालक अभिषेक राई, लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर