अङसीमाङ अङसीमामाङद्वारा मिक्लाजुङमा माङहिम तथा फाल्गुनन्दको प्रतिमा शिलन्यास - Mangsebung News
  • मङ्गलबार, असार ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ अङसीमामाङद्वारा मिक्लाजुङमा माङहिम तथा फाल्गुनन्दको प्रतिमा शिलन्यास

माङसेबुङ । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङ युमा माङहिम र राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलन्यास भएको छ ।

आज(शुक्रबार) किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनहरुको हस्तबाहुलिबाट गाउँपालिकाको वडा न. २ र ४ को संगमस्थल मेखिम लुङमा माङहिम र प्रतिमा शिलान्यास भएको हो ।
थामडाडामा यसअघि किरात धर्मगुरुले सूर्योदय अवलोकन गर्नुभएको स्थान र मेक्खिमलुङ (बेहुली ढुङ्गा) अङ्सीमाङ तथा अङ्सीमामाङहरुले अवलोकन समेत गर्नुभएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, विशेष अतिथि भूमि आयोग पान्थरका अध्यक्ष दिनेशकुमार लाओती रहनु भएको थियो । किरात धर्म सम्बद्ध विभिन्न संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको भेलामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, गुरु निजी कानुनी सल्लाहकार भीम खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मिक्लाजोङ गाउँपालिकाका अध्यक्ष अमर माखिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिक्लाजोङ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामकुमार राईले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्व गुरु निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी सचीवहरु खड्ग साँबा, टंक लिङ्देङ, गुरुनिजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, माङ्सेबुङ हेरिटेज प्रा.लि.का अध्यक्ष शेरबहादुर लाओती, गुरु निजी कानुनी सल्लाहकारद्धय भिभ खत्री, एन.एस. फागो , मिक्लाजुङ गापा उपाध्यक्ष उर्मिला राई, वडा नं.२ का अध्यक्ष सन्तोस सेर्मा लगायत किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खवर