झापा गोल्डकप : संकटालाई पाखा लगाउदै झापा ११ फाइनलमा - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा गोल्डकप : संकटालाई पाखा लगाउदै झापा ११ फाइनलमा

बिर्तामोड । नेपाल आईस पाचौं संस्करणको झापा गोल्डकपमा झापा ११ फाइनलमा प्रवेश गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई २–० गोल अन्तरले पाखा लगउँदै झापा ११ फाइनलमा प्रवेश गरेको हो ।

झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६ औँ र ५८ औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् । अर्को गोल ५८ औँ मिनेट विकास मेरग्लियाको क्रसमा विमलले दोस्रो गोल गरे ।

जितसँगै झापाले फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । झापा गोल्डकपको फाइनलमा आर्मी र घरेलु टोली झापाको यो चौथो भेट हो । यसअघिको फाइनलम भएका तीनवटै भेटमा आर्मीले जित निकालेको छ ।

शनिबारको खेलको म्यान अफ दि म्याच विजयी टोली झापाका विमल घर्र्तीमगर घोषित भए । उनले नगद ९ हजार ९ सय ९९ पाए ।

उनलाई आजका प्रमुख अतिथि राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत, अध्यक्ष विनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरीले नगद तथा ट्रफी प्रदान गरे ।

फागुन २१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल सोमबार हुनेछ । गोल्डकपको विजेताले विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकका महासचिव गजेन्द्रबहादुर पौडेलले जनाएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।

 

सम्बन्धित खवर